ल्यान्डफिल्डसाइडको विकल्प दिन नसक्नेलाई मत माग्ने अधिकार छैन: मन्त्री बराल

समाधान संवाददाता २०७९ वैशाख ८ गते १३:५०

पोखरा l
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ५ बर्षमा पोखरामा ल्याण्डफिल्डसाइड समेत बनाउन नसक्ने जनप्रतिनिधि पुनः जनतासंग जाने कुनै अधिकार नभएको बताएका छन् । पोखरा ३३ का स्थानियसंगको बुधबार भएको भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले ५ बर्षको समयमा पोखरामा देखिने गरी केही काम नभएको टिप्पणी गर्दै ल्याण्डफिल्डसाइड समेत बनाउन नसक्ने जनप्रतिनिधिहरु पुनः जनता माझ जान कुनै अधिकार नभएको बताएका हुन् ।

गण्डकी प्रदेशको राजधानि पोखरा र पोखरा क्षेत्रको विकासको मुल आधार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल भएकोले उक्त विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेकोले अब ल्याण्डफिल्ड साइड नभएका कारण संचालनमा आउन कठिनायी हुने मन्त्री बरालले चिन्क्ता व्यक्त गरे । उनले भने “गण्डकी प्रदेशको समृद्धिसंग जोडिएको पोखरा विमानस्थल संचालनमा आउनको लागि ल्याण्डफिल्डसाइड व्यबस्थापन हुनु पहिलो सर्त हो त्यो नभएसम्म संचानमै आउदैन ।” पोखराको सेतीनदी कौडीको मुल्यमा ठेक्का दिनु, पोखराका तालहरुको संरक्षण गर्नुको सट्टा अतिक्रमणलाई नियन्त्रण गर्न नसक्नु, पोखरालाई ग्रिन सिटि र स्मार्ट सिटिको हवला दिनेहरु हाल सडकमै अवैध रुपमा पार्किङ शुल्क अशुल्ने गरेको मन्त्री बरालको आरोप थियो ।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले विभिन्न वहानामा यस अघि भूमिहिन सुकुम्बासीलाई लालपूर्जा दिन आलटाल गरेकोमा अब भने आफुहरुले वितरण गर्ने दाबी गरे । नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटिका सचिव जनकराज पराजुलीले केपी शर्मा ओलीको कदम बिरुद्ध हाल गठबन्धन आवश्यक भएको बताए । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य हेम बहादुर थापा (किरण), नेपाली कागेंस क्षेत्र नम्बर २ का सभापति केशर प्रसाद निर्दोश, नेकपा एकिकृत समाजबादी पार्टी पोखरा ३३ का अध्यक्ष प्रमोद आचार्य, माओबादी नेता यज्ञ प्रसाद अधिकारी, माओबादी केन्द्र पोखरा ३३ का अध्यक्ष श्रीभद्र बराल, स्थानिय समाजसेवी डिल्लीराम बराल लगायतले ठुलो सर्घष र बलिदानबाट प्राप्त संविधानको रक्षा गणतन्त्रको कार्यान्वयन गर्न गठबन्धन अझै आवश्यक भएकोमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया