दीपेन्द्रको ‘मनमोहक पोखरा’ आज सार्वजनिक, कलाकार माओत्से गुरुङ

पोखरा ।
लामो समयदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारीको ‘मनमोहक पोखरा’ गीत आज सार्वजनिक हुँदै छ ।
पोखराको प्रकृतिकप्रति मोहित अधिकारीले शुक्रबार नेपाली समय ३ बजे गीत सार्वजनिक हुने बताएका छन् । ‘लामो समय म पोखरा बसें । त्यहाँको प्रकृतिक सुन्दरताले मलाई मोहित नै बनायो । मेरो मनको भावनाहरलाई गीत मार्फत व्यक्त गरेको छु,’ अधिकारीले भने । वसन्त सापकोटाको संगीत, साहस शाक्यको संगीत संयोजन र स्वरुपराज आचार्यको स्वरमा सजिएको अधिकारीको गीत पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अधिकारीको अपेक्षा छ । ‘प्रकृतिले बरदान दिएको सुन्दर पोखरा नगरी साच्चिकै मनमोहक छ । विदेशमा रहेर नेपालीलाई नेपालप्रतिको माया र महत्व गीतले दर्शउन लागेको अधिकारी सुनाउँछन् ।
सिद्धहस्त संगीतकारको धुनमा सिद्धहस्त गायकको स्वरलाई भिडियोमार्फत अभिव्यक्ति निशान घिमिरेले निर्देशन र सम्पादनको गरेका छ । उत्तम हुमागाईंको छायांकन तथा प्रकाश सुवेदीले निर्देशन गरेका हुन् । डिए क्रिएशनले सार्वजनिक गर्न लागेको गीतमा माओत्से गुरुङ, नम्रता सापकोटा, महेश खड्का लगायतका कलाकारहरुले कुशल अभिनयमार्फत साथ दिएका छन् ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया