राजनिति

निर्वाचन आचार संहिता पालना गर्न मुस्ताङका राजनितिक पार्टीहरु सहमत

सुन्दरकुमार थकाली २०७९ वैशाख १० गते १६:१२
मुस्ताङमा आचार संहिता अनुगमन समितिको बैठक । तस्विर ःजिल्ला निर्वाचन कार्यालय मुस्ताङ ।

जोमसोम—

आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पालना गर्न मुस्ताङका राजनितिक पार्टीहरु सहमत भएका छ ।स्थानीय तह निर्वाचनको मनोनय पत्र दर्ता गर्ने अघिल्लो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले आयोजना गरेको सर्वदलीय बैठकमा दलहरु आचार संहिता पालना गर्न आफुहरु प्रतिवद्ध रहेको भनी निर्णयमा हस्ताक्षर गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीको संयोजकत्वमा जिल्ला आचार संहिता अनुगमन समितिको पहिलो बैठक शनिवार बसेको हो । मुख्य निर्वाचनको कार्यालय,निर्वाचन आचार संहिता अनुगमन समिति,प्रजिअ नेत्रप्रसाद शर्मा,प्रदेश सांसद महेन्द्रबहादुर थकाली,तीन वटै सुरक्षा निकायका प्रतिनिधि,जिल्ला स्थित राजनितिक दलका पार्टी प्रतिनिधि र पत्रकार लगायतको उपस्थितीमा भएको अनुगमन समितिको पहिलो बैठकले विभिन्न ३ बुँदे निर्णय गरेको आचर संहिता अनुगन समिति अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।
बैठकले स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ,निष्पक्ष,,सोतन्त्र,पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता २०७८ सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने राजनितिक आचरण, निर्वाचनमा खटिने पदाधिकारी कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरण आफनो आफ्नो ठाउँमा जिम्मेवार बोध गरी प्रभावकारी रुपमा पालन गर्न जिल्लाका राजनितिक पार्टी सहमत भएका हुन् ।
निर्वाचन आचार संहिता अनुगमन समितिले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र पारदर्शी बनाउन यदी कहिकतै आचार संहिता उलंघन भएको पाईएमा संम्वन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने र आचार संहिता उलंघन गर्ने कार्यलाई निरुत्साहित गर्न कानुन बमोजिम कडाईका साथ कारवाही गर्ने निर्णय गरेको हो ।
यस्तै,स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया,उम्मेदवारको योग्यता अयोग्यताको संलग्न गर्नुपर्ने कागजातको बिषयमा उल्लेख भएको आवश्यक कागज प्रमाणसहित उपस्थिती हुनुपर्ने र निर्वाचन कार्यक्रम र उम्मेदवारी दर्ता लगायतको जानकारी गराईएको र सोही अनुसार समयमै उपस्थित भई मनोनयपत्र दर्ता गर्ने बारेमा मुस्ताङका पार्टी प्रतिनिधि प्रतिवद्ध भई निर्णयमा हस्ताक्षर गरेको निर्वाचन सूचना अधिकारी गौरीनाथ आचार्यले जानकारी दिए ।
मुस्ताङमा राष्ट्रिय मान्यता प्राप्त नेपाली कांगे्रस,नेकपा एमाले,माओवादी केन्द्र र एकिकृत समाजावादी पार्टीको प्रतिनिधि बैठकमा उपस्थित थिए ।यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधि समेतको उपस्थित रहेको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया