पोखरामा कुकुर मारेर सेती नदीमा फाल्ने सुदीप पक्राउ

समाधान संवाददाता २०७९ वैशाख १० गते १६:२६

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुर मार्ने एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमणीमा भुण्डाएर कुकुर मार्ने सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । परियारलाई वैशाख ८ गते पक्राउ गरिएको डिएसी तिवारीले बताए ।


तिवारीका अनुसार परियारले कुकुरको घाँटीमा डोरीको पासो लगाइ भुण्डाएर मारेको आरोपमा पक्राउ गरीएकाे हाे । ‘कुकरलाई डोरी लगाएर मारेपछि सामाजिक सञ्जाल फेस्बुकमा भिडियो पोष्ट गर्नुभएको रैछ । धेरै मानिसहरुले जिल्ला प्रहरी कार्यालयमा घटनाको बारेमा जानकारी गराएपछि उहाँलाई पक्राउ गरेर अनुसन्धान गरेका हाैं,’ डिएसपी तिवारीले भने ।

परियारले कुकुरलाई मारेर सेती नदीमा फालेको भिडियो समाजिक सञ्जालमा पाेष्ट भएकाे थियाे । उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको डिएपी तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया