अटेरीलाई अटो मेकानिकल एसोसिएसनले भन्यो : चुनाव जितेपछि अटोल्यान्डको व्यवस्था होस् 

समाधान संवाददाता २०७९ वैशाख २२ गते १८:४२


पोखरा ।

पटकपटक माग गर्दा पनि सुनुवाइ भएन । बढ्दो सहरीकरणले व्यवसाय सञ्चालनमा समस्याले आजित गण्डकी अटो मेकानिकल एसोसिएसनले पोखरा महामनगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई कार्यालयमा बोलाएर आफ्नो समस्या सुनायो । 


अन्य राजनीतिक दलसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएपछि पोखरा महानगर प्रमुख पदका प्रत्यासी पौडेललाई बोलाएर समस्या सुनाएका थिए । मेकानिकल समूहको समस्या सुनेपछि अटेरी समूहका परिकल्पनाकार तथा महानगर प्रमुख पदका प्रत्यासी पौडेलले चुनाव नजिते पनि यसका लागि पहल गर्ने बताए ।

Advertisement

हरेक सहरमा अटोल्यान्ड हुनुपर्ने बताउँदै उनले नेताहरुसँग तमसुक तयार पारेर हस्ताक्षर गराउन समेत लगाएका छन् । ‘म चुनाव जिते भने त गर्ने नै भए । नजिते पनि यसको लागि पहल गर्ने छु,’ उनले भने । 


पौडेलले जिम्मेवारी बाहिर रहेर पनि अटेरी समूहले दबाब सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मेकानिकल एसोसिएसनले पौडेललाई जितको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया