नेपाली पैसा इतिहासकै कमजोर

समाधान संवाददाता २०७९ वैशाख २८ गते १०:४९

काठमाडौं l
नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लो समय लगातार जसो अमेरिकी डलरको मूल्य बढिरहेको छ । अमेरिकी डलरको मूल्य वृद्धि हुँदा त्यसको असर नेपाली रूपैयाँमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको खरिददर १ सय २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ २५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

विश्वव्यापी रूपमा माग बढ्नु र अमेरिकी अर्थतन्त्र बलियो हुनु डलर वृद्धिको मुख्य कारण हो । अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । किनकी नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया