चुनाव लक्षित एनसेलकाे रिचार्जमा अफर

समाधान संवाददाता २०७९ वैशाख २८ गते १३:०३

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई मध्यनजर गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यो अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि १०० एमबी डेटा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पठाउनेछन् । ५० देखी ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउने कम्पनीले जनाएको छ ।

१०० देखि १९९ सम्मको रिचार्जमा ३ दिन समय सिमा भएको २०० एमबी डेटा प्राप्त गर्न सक्ने छन् । २०० वा सो भन्दा बढीको रिचार्ज गर्ने ग्राहकले ५०० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै: कम्बोप्याक, गज्जबको दैनिक जिबी प्याक र अल नेट भोइसप्याक लाई सुलभ दरमा डेटा र भोइस सेवामा पहुँच सुनिश्चित गरेको छ ।

Advertisement

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बोप्याक रहेको छ जसमा ५ जिबी डेटा भोल्युम र १०० मिनेट अल नेट टकटाइम पाइन्छ । यस मा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १ सय ६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिने कम्पनीले जनाएको छ ।
भ्वाइस सेवामात्र चाहिने ग्राहकले मात्र ९४ मा ७ दिनका लागि मान्य १ सय ५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्ने छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एस्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो भ्वाइस प्याक लिन पाउने छन् ।

दैनिकरूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जिबी प्याकको विकल्प पनि छ । यसमा ग्राहकले मात्र १२९ मा ७ दिनका लागि दैनिक १ जिबी डेटा भोल्युम पाउन सक्ने छन् । एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी ग्राहकले यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया