सृजनशील लघुवित्तको आइपिओ

समाधान संवाददाता २०७९ वैशाख २९ गते १३:३०

काठमाडौं l
नयाँ आइपीओको प्रतीक्षामा रहेका लगानीकर्तालाई खुसीको खबर छ । सरहामा केन्द्रीय कार्यालय रहेको सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोडभन्दा बढीको आइपीओ ल्याउने भएको छ ।

लघुवित्तले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सृजनशीलले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ ल्याउने तयारी गरेर आएको बोर्डले जनाएको छ । यसका लागि बोर्डबाट निष्कासन अनुमति मागेको हो।

लघुवित्तको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ । आइपिओ निष्कासनको अनुमति माग्दै सिर्जनशील लघुवित्त वैशाख २२ गते बोर्ड पुगेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया