स्याङ्जाको गल्याङमा कांग्रेस दोब्बर मतले अगाडि

समाधान संवाददाता २०७९ वैशाख ३१ गते ११:५७

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले १००० मत प्राप्त गरी अग्रता लिएका छन् ।

गल्याङ–१ को १५७२ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार सूर्यप्रसाद गैरेले ५१२ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसका उम्मेदवार अघि छन् । हेमा न्यौपाने तिमल्सिनाले कांग्रेसबाट ९८८ मत ल्याउँदा एमाले उम्मेदवारले देवीसरा थापाले ५२२ मत ल्याइन् ।

Advertisement

तपाईको प्रतिक्रिया