पर्वतका सबै तहमा मतगणना सुरु

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १५:३१

पर्वत l

पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन् ।

पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा गएरातिदेखिनै मतगणना सुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि आज दिउँसोदेखि सुरु भएको हो । पर्वतमा ६५ दशमलब ३८ प्रतिशत मत खसेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा गठबन्धन र नेकपा ९एमाले०का उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

Advertisement

अहिलेसम्म जलजला गाउँपालिका–१ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ । जसमा एमालेका जगबहादुर रोका वडाध्यक्षमा बिजयी भएका छन् । पछिल्लो परिणामअनुसार जलजलाको अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै रहेको छ, भने पैँयू गाउँपालिकामा कांग्रेसका उम्मेदवारका रहेको छ । उपाध्यक्षमा भने एमालेको यामकुमारी रानाको अग्रता रहेको छ ।

महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । सदरमुकाम कुश्मा नगरमा मतगणना भर्खरै सुरु मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

Advertisement

उता फलेवास नगरपालिकामा पनि वडा नं १ कार्कीनेटा र वडा नंं ११ पाङराङको मतगणना सुरु भएको छ । दुवै नगरमा मतपरिणाम सार्वजनिक भइसकेको छैन ।

तपाईको प्रतिक्रिया