स्याङ्जाको अर्जुनचौपारीमा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते १०:४०

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा एमालेका चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेका छन् ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याइन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएकी थिइन् । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेकी हुन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरे ।

छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा कांग्रेस, वडा नम्बर ६ मा एमाले विजयी भएको छ । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया