गाउँपालिकामा हारेपछि युवराज कुँवरले भने: निशब्द छु !

समाधान संवाददाता २०७९ जेठ ५ गते १८:१९

पोखरा ।
कास्कीको अन्नपूर्ण पालिकाको अध्यक्षमा पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवरले आफू निशब्द भएको बताएका छन् । बिहीबार आफ्नो फेसबुकमा उनले आफू निशब्द भएको भन्दै स्टाटस पोस्ट गरेका हुन् । उनले लेखेका छन्:

‘म निशब्द छु ।
अब कसैले नसोध्नु होला ।
मेरो गाउँ मेरो मुटु हो ।
मेरो दाजुभाइ मेरो रगत को सञ्चार हो । फेरि पनि नसोध्नु होला म निशब्द छु ।’


स्थानीय तहको निर्वाचनमा पराजीत भएपछि कुँवरले यो स्टाटस पोस्ट गरेका हुन् । उनी नेकपा एमालेका उम्मेदवार विष्णुबहादुर केसीसँग पराजित भएका हुन् । केसी ६ हजार ७ सय २२ मत प्राप्त गरी पालिका अध्यक्षमा अनुमोदित हुँदा कुँवरले ५ हजार ९ सय ५९ मत ल्याएका छन् ।
बिहीबार फेसबुक स्टाटसमा त्यस्तो लेखे पनि निर्वाचन नतिजा आए लगत्तै उनले विजेतालाई बधाई र मतदातालाई धन्यवाद दिएका थिए ।

Advertisement

कुँवर २०७४ को निर्वाचन उनै केसीलाई पराजित गरी अध्यक्ष निर्वाचित भएका थिए । दुवैले उम्मेदवारी दोहोर्‍याउँदा नतिजा उल्टिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया