पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुको जित सुनिश्चित

समाधान संवाददाता २०७९ जेठ १० गते १२:५१

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यको जित सुनिश्चित भएको छ।पाँच हजार १५ मत गणना बाँकी रहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आचार्य पाँच हजार २८६ मतले अगाडि छन्। आचार्यले ५६ हजार ४७१ र नेकपा (एमाले) का कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहानसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेको छ। पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो।उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटलाई पछि परेकी छन्। गुरुङले ५८ हजार ५८२ मत र रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया