१ महिनाभित्र ‘सिम्बोल अफ पोखरा’

सञ्जय रानाभाट २०७९ जेठ १३ गते १०:०३

पोखरा ।
पोखरालाई विश्वमा चिनाउन ‘सिम्बोल अफ पोखरा’ बनाइने भएको छ । पोखराका विभिन्न सम्पदा भए पनि समग्रमा पोखरा चिनाउने गरी थ्रिडीमा पोखराको पहिचान झल्किने सिम्बोल अफ पोखरा बनाइने निर्णय भएको हो ।


महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार पदभार ग्रहणपछि यस्तो निर्णय गरेका हुन् । ‘विश्वको जुनसुकै देश जाँदा पनि त्यहाँ कुनै न कुनै चिनारी हुन्छ । हामी पनि पोखरा आउँदा यहाँको चिनारी दिन चाहन्छौं’, उनल भने, ‘विश्वका धेरै देशमा गएर कसैले फोटा हाल्दा हामी सजिलै थाहा पाउँछौं कहाँ हो भनेर । अक्सफर्ड युनिभर्सिटी होस् वा पेरिस, त्यहाँ आफ्नै मौलिकता भल्कने खालको चिनारी हुन्छ । हामी यस्तै पोखराको मैलिकता भल्कने खालको थ्रिडी बनाउन चाहन्छौं ।’


थ्रिडी पोखराको मौलिकता भल्कने खालको हुनपर्ने सर्त छ । यसका लागि १ महिनाको समय दिएर डिजाइनरसँग आह्वान गरिने आचार्यले बताए । उत्कृष्ट डिजाइन बनाउनेलाई २ लाख पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

Advertisement


पोखराका १६ औं मेयर आचार्यले घोषणा पत्रमा समेटेको पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेका छन् । निर्णयमा लेखिएको छ, ‘पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्ने गरी नेपाल सरकारबाट निर्णय हुन मन्त्रिपरिषद्् समक्ष प्रस्ताव प्रेश गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् संस्कृतिक पर्यटन तथा नागयरिक उड्यान मन्त्रालयमा अनुरोध गदर्छु ।’


आचार्यले पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले र श्रम रोजगार मन्त्री किसान श्रेष्ठसँग भेटेर कुरा गरिसकेको बताएका छन् । उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न र त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विकासका लागि बजेट छु्याउन माग गरिसकेको छु ।’

Advertisement


उनले महानगरपालिका भित्रका व्यक्तिगत घटना दर्तालाई सहज र सर्वसुलभ बनाउने निर्णयसमेत गरेका छन् । महानगरभित्र न्यून आय भएका नागरिकलाई वडा समितिको सिफारिसमा आवश्यक बजेटको व्यवस्था गरी पोषण भत्ताबापत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णयसमेत भएको छ ।


उपमेयर मञ्जुदेवी गुरुङले पनि पदभार ग्रहणपछि २ निर्णय गरेकी छन् । गुरुङले महानगरका अपांग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने साथै महिला हिंसा विरुद्ध पुरुषको ऐक्यवद्धतका लागि महिला पुरुष समसचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकी हुन् ।


मेयर आचार्य र उपमेयर गुरुङले बिहीबार सभागृहमा सपथ ग्रह लिएका छन् । मुख्य निर्वाचन कार्यालयका अधिकृत श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ ग्रहण गराए । आचार्यले सपथ ग्रहणपछि उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र सदस्यलाई सपथ गराएका छन् । उनले पोखरा महानगरपालिकाको नगर सभामा रहेका १ सय ६६ जनप्रतिनिधिलाई सफत गराएका हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया