व्यासको पुन: मतगणना निवेदनमा उच्च अदालतले दियो कारण देखाऊ आदेश

समाधान संवाददाता २०७९ जेठ १३ गते १७:१३

दमौली ।
व्यास नगरपालिकाको पुनः मतगणनाका लागि भन्दै नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीद्वारा दिइएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीले दिएको आदेशमा १५ दिनभित्र कारण देखाउन विपक्षीका नाममा आदेश दिइएको छ ।

आदेशमा निवेदकको मागबमोजिम किन पुनःगणना गर्नु नपर्ने हो भनि लिखित रुपमा जवाफ दिन आदेशमा भनिएको छ । कतिपय केन्द्रमा घोषित भन्दा बढी मत प्राप्त भएको तथा गणनाका क्रममा गडबडी भएको आरोप लगाउँदै जोशीले पुनः मतगणनाको मागसहित पुनरावेदन अदालतमा निवेदन दिएका थिए ।

जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, विजयी मेयरलगायत पाँच पक्षलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए ।

Advertisement

व्यास ८ को रिस्तीका दुई केन्द्रमा पुनः मतदान गरिएको निर्वाचनमा कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने नगरप्रमुख निर्वाचित भएर कार्यआरम्भ गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया