पोखराका नवनिर्वाचित मेयर धनराजलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सञ्जय रानाभाट २०७९ जेठ १४ गते १३:०६

पोखरा ।
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचित आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचित कार्यालयको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताएका थिए ।
आचार्यले निर्वाचिन कार्यालयका बदनियत पूर्ण कार्यले कारणले गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले हार व्यहोर्नुपरेको आफ्नो विजयी ¥यालीलाई सम्बोधन गर्दै बताएका थिए । कोण सभालाई सम्बोधन गर्दै आचार्यले भनेका थिए, ‘निर्वाचन कार्यालयले धेरै बदनियत ग¥यो । सुरुमा जसको उम्मेदवार हुँदैन । त्यसको चुनाव चिन्ह राखिदैन भन्यो । दिनेश थपलिया जीले पत्रकार सम्मेलन गरेरै भन्नुभयो । हामीले यसैगरी चुनाव प्रचार ग¥यौं । तर, उम्मेदवार नहुनेठाउँमा चुनाव चिन्ह हटेन । ठूलोसंख्यामा मत बदर भयो ।’


आचार्यले मत बदर नभएको भए आफू २७ हजार र गठबन्धनकी उम्मेदवार कोपिला १६ हजार बढि मतले बिजयी हुने बताए थिए । ‘मैले यो किन जोड दिएको छु भने, यसमा हाम्रो पिडा छ । यदि यो नभएको भए तपाईंको अगाडि उभिए मेयरमा २७ हजार भन्दा बढि भोटले हामी विजयी हुन्थ्यौं । हाम्रो गठबन्धनको उम्मेदवार कोपिला रानाभाटले पनि १६ हजार भन्दा बढि मतले जित्नुहुन्थ्यो ।’


यसरी पोखरा महानगरमा मेयरमा १४.२० प्रतिशत अर्थात् २० हजार ३ सय ३२ र उपमेयरमा १३.३४ प्रतिशत अर्थात् १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।

Advertisement


आचार्यले निर्वाचन कार्यालयले मतदाता र उम्मेदवारलाई षयन्त्र गरेर निर्वाचन प्रभावित गरेको आरोप लगाएका थिए । उनले तराईको जिल्लामा निर्वाचन आयोगको कमजोरीले ५० प्रतिशत मत बदर बताएका उल्लेख गरेका थिए । ‘प्रमुख निर्वाचन आयूक्त दिनेश थपलिया जी तपाईं सम्बैधानिक निकायमा बसेर मर्यादामा भित्र बस्नुस् । एउटै कुरा गरिदिएको भए निर्वाचन कार्यालय यति बदमान, बदनियत हुनुपर्ने थिएन् । यसले इतिहासमा यति धेरै मत बदर भयो,’ आचार्यले भनेका थिए ।
विवादास्पद अभिव्यक्ति दिएपछि आचार्यलाई आयोगले २४ घण्टो स्पष्टीबारण सोधेको हो । आयोगले के कति कारणले अभिव्यक्र गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह करी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै पत्र काटेको छ ।


आयोगले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा प्रयोग गरेको उल्लेख गरेको छ । मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ? निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन? पुष्टि गर्ने आधार, प्रमाण र कारण के छ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।

Advertisement

पत्रमा लेखिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ समेतका प्रचलित निर्वाचन कानुन अनुरुप सम्पन्न भइ अन्तिम मत परिणाम प्रकाशन हुने चरणमा रहेको स्थानीय तह २०७९ को निष्पक्षता र विश्वसनियता माथि प्रश्न उठाउनु पर्नेको कारण के हो ? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुनु निर्णअुनसार सूचित गरिन्छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया