मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको थियाे तारा एयर

समाधान संवाददाता २०७९ जेठ १५ गते ११:२५

पोखरा ।

पोखराबाट जोमसोम उडेको तारा एयरकाे विमान सम्पर्कविहीन भएको छ । पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेकाे तारा एयरकाे ९ एनएईटी विमान सम्पर्कविहीन भएको हो । विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको तारा एयरका पोखरा प्रमुख राम लामिछानेले बताए । उनका अनुसार विहान ९ बजेर ५५ मिनेटमा उडेकाे विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको हो । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखराबाट जोमसोम १६ मिनेटमा पुग्ने भएपनि १ घण्टादेखि सम्पर्क विहीन भएको उनले बताए । जहाजबारे खोजविन सुरु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया