सम्पर्कविहीन विमानका को–पाइलट रुकुमका २५ वर्षीय उत्सव

समाधान संवाददाता २०७९ जेठ १५ गते १५:४१

पोखरा ।
पोखराबाट जोमसोमतर्फ जाँदै गरेको सम्पर्कविहीन भएकाे तारा एयर ९ एन एईटी ट्विनअटर विमानमा चालक दलका चार जना सदस्य थिए । पोखरा विमानस्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । उनी इन्ट्रक्चर पाइलट हुन । उनीसंग विमान उडानको २५ वर्षको अनुभव छ ।

विमानको को-पाइलटमा भने रुकुमका उत्सव पोख्रेल थिए। २५ वर्षीय पोखरेल रुकुम पश्चिम चौरजहारी नगरपालिकाका हुन् । पोखरेल फिलिपिन्सबाट अध्ययन सकाएर नेपाल आएलगत्तै तारा एयरमा को९पाइलट भएर काम गर्न थालेका थिए । उनले काम गरेको पहिलो वर्ष बित्न पाउँदा-नपाउँदै दुर्घटनामा परेका हुन् ।

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ३ का उत्सव परिवारका कान्छा छोरा हुन् । शिक्षण पेशामा आवद्ध उनका बुवाआमा यतिबेला जाजरकोट र दाङमा छन् । उनीहरु अहिले काठमाडौं आउँदैछन् । उनका दाइ उदिप पोखरेल पनि हाल पाइलट तालिमकै लागि फिलिपिन्समा छन् । उनी नगरपालिकाकै पहिलो पाइलट हुन् ।

Advertisement

मुस्ताङको प्रतिकूल मौसमका कारण खोजी कार्य कठिन भएको छ । विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ ।

विमानको खोजीका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिए पनि खराब मौसमका कारण सफल हुन सकेको छैन विमान अझै फेला परेको छैन ।

Advertisement

सम्पर्कविहीन जहाजमा छ जना विदेशीसहित २२ जना सवार थिए ।

तपाईको प्रतिक्रिया