घरपझोङ कार्यपालिकामा पार्टीका सदस्यले जितेपछि एमाले जिल्ला ईञ्चार्ज गौचन खुसीले नाचे छमछमी

जोमसोम–
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा पराजय हुनु परेको बदला कार्यपालिका निर्वाचनमा पुार गरेपछि नेकपा एमालेका जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचन छमछमी एमालेको गीतमा छमछमी नाचे ।उनीसंगै एमाले मुस्ताङका अध्यक्ष आसबहादुर थकालीसहित अन्य नेता कार्यकर्ता पनि कार्यपालिकामा आफ्नो पार्टीका सदस्य निर्वाचित भएपछि छमछमी रात्री भोजको कार्यक्रममा नाचगान गरी खुसीयाली मनाए ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत घरपझोङ गाउँपालिकामा गठबन्धनबाट कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित १२,नेकपा समाजवादी र माओवादी केन्द्रले समान एक एम सिट जितेका थिए । एमाले र राप्रपाबीच भएका् तालमेलमा एमालेले ११ सिट र राप्रपाले २ सिट जितेको थियो । शनिवार सम्पन्न कार्यपालिका निर्वाचनमा गठबन्धनको १४ र एमाले र राप्रपाको १३ मत थियो ।
तर घरपझोङको कार्यपालिका निर्वाचनमा कार्यपालिकामा आफ्नो सदस्य जिताउन २ मत र बराबरी हुन १ मत कम थियो ।तर सत्ता गठबन्धनको मत विभाजित भई एमालेका सदस्य उम्मेदवारलाई जोडिदा एमालेका ५ जना सदस्य निर्वाचित भए । गठबन्धनको बहुमत रहेपनि कांग्रेसका ३ जना र एकिकृत समावादी र माओवादी केन्द्रका गरी २ जना उम्मेदवार कार्यपालिका निर्वाचनमा पराजित भए ।
कुल १३ सदस्य रहने कार्यपालिकामा ४ जना महिला र २ जना दलित वा अल्पसंख्य उम्मेदवार गरी १२ जना निर्वाचनमा भाग लिएका थिए । कांग्रेसका १ जना अल्पसंख्यक उम्मेदवारले गोलाप्रथाबाट निर्वाचनमा बिजयी भएका थिए ।
घरपझोङमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ३ वडाध्यक्ष पदमा जितेको थियो । एमालेले २ वडाध्यक्ष जितेको थियो । कार्यपालिका निर्वाचनको मत परिणामपछि एमालेको ७ र कांग्रेसको ६ जना सदस्य कार्यपालिकामा आएका छन् ।
तपाईको प्रतिक्रिया