गोरखाका ११ तहलाई साढ ४ अर्ब बजेट

राष्ट्रिय समाचार समिति (रासस) २०७९ जेठ १८ गते १०:५९

गोरखा ।
गोरखाका ११ स्थानीय तहलाई संघीय सरकारबाट ४ अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।
जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको छ । पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नग रप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र १ अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।

जिल्लाका ९ गाउँपालिकामध्ये सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ ।

जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रूपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ । धार्चे गाउँपालिकाले २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला ९ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत ३ अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया