होटल प्रतिनिधि समाजकाे अध्यक्षमा शान्त

समाधान संवाददाता २०७९ जेठ २२ गते १२:५४

पोखरा ।
होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन शन्तकुमार महतो चुनिएका छन् । शनिबार भएको समाजको २४ औं साधारण सभा तथा १२ औ अधिवेशनले महतोको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।

वरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना, द्वितीय उपाध्यक्षमा जीवराज उपाध्याय, महासचिव माधव लम्साल, सचिव सन्तोष देवकोटा, कोषाध्यक्ष पुरुषोत्तम न्यौपाने र सहकोषाध्यक्ष दीपेन्द्र अर्याल निर्वाचित भएका छन् । सदस्यमा केशव नेपाली, शम्भुप्रसाद पौडेल, खेमानन्द अर्याल, शिवप्रसाद अधिकारी, निरज अधिकारी, प्रबिन विक र विकास दाहाल छन् ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषण गर्न नेपाल सरकारलाई आग्रह गरे । होटल प्रतिधिनि प्रत्यक्षरुपमा पर्यटक दूत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिको महत्वपूर्ण भूमिका हुने सुनाए ।

Advertisement

संस्थाका पूर्व अध्यक्ष तथा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीले होटल प्रतिनिधि पर्यटनका राजदूत भएकाले पोखराको बारेमा पर्यटकलाई सकरात्मक सन्देश दिन आग्रह गरे । पोखरा महानगर पालिका प्रतिनिधि समाजसँग सहकार्य गरी अघि बढ्ने विश्वास उनले दिलाए ।

अध्यक्ष शन्तकुमार महतोको सभा अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिव माधव लम्साल, सल्लाहकार रामचन्द्र आचार्य, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्लेले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया