हरिहर गुफामा साहित्यिक कार्यक्रम

समाधान संवाददाता २०७९ जेठ २२ गते १५:०९

पोखरा ।
पोखरा २० को हरिहर गुफा र आसपासको सौन्दर्य र वस्तुस्थिति शनिबार साहित्यमार्फत् प्रकट भयो । ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम शनिबार हरिहर गुफामा भएको हो ।

कार्यक्रमको १ सय ८७ औं शृंखला शनिबार कास्कीकै पुरानो ऐतिहासिक हरिहर गुफा सन्यास आश्रम भलाममा भएको हो । अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, संगिता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल, संगम लामिछाने लगायतले रचना वाचन गरे ।

हरिहर गुफा सन्यास आश्रम व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा स्वामी इशानानन्दले पोखराको मुकुट भनेर चिनिने धार्मिक स्थल ओझेल परे जस्तो देखिनु दुःखद भएको बताए । उनले कलमजीवीले यो क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

Advertisement

आश्रममा उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीले आश्रम क्षेत्र पवित्र अध्यात्मिक भूमि भएकाले यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्ने विचार राखे । कार्यक्रम गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको सञ्चालनमा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया