पोखरा हार्यवयर एसोसियसन बाल विकास केन्द्रका विद्यार्थीलाई सहयोग

समाधान संवाददाता २०७९ जेठ २२ गते १५:३१

पोखरा ।
पोखरा हार्डवयर एसोसियसन कास्कीले विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाको नियमित कार्यक्रम अन्र्तगत २९ औं वार्षिकोत्सवको सन्दर्भमा स्याङ्जाको आँधीखोला १ पञ्चमुलको त्रिवेणी दतेलोते बाल विकास केन्द्र डहरे देउरालीका १९ विद्यार्थीलाई सहयोग गरिएको हो ।

संस्थाका अध्यक्ष शेषकान्त ढकाल र आँधीखोला १ का वडाध्यक्ष पवनकाजी अधिकारी, संस्थाका महासचिव कृष्णप्रसाद कोइराला लगायतले सहयोग हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका परिकल्पनाकार, पूर्वध्यक्ष, सल्लाहकार, कार्यसमिति सदस्य लगायत सहभागी थिए । टोलीले नेपालकै पहिलो सिरुवारी होम स्टेको पनि अवलोकन गरेको कार्यक्रमका संयोजक प्रतापराज पौडेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया