पोखरामा असोज ५ देखि ९ सम्म अन्तर्राष्ट्रिय तेक्वान्दो हुने

समाधान संवाददाता २०७९ जेठ २३ गते १२:१०

पोखरा ।
मार्सल आर्टको क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ गते देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
यस अघिका २ प्रतियोगिता काठमाडौमा भए पनि यस वर्षको प्रतियोगिता भने गण्डकी प्रदेशको केन्द्र पर्यटकीय राजधानी पोखरामा हुन लागेको आइतवार राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

अन्तर्राष्ट्रिय तेक्वान्दो संघबाट गत वर्ष नै प्रतियोगिताका लागि स्वकृति प्राप्त भए पनि कोभिड १९ का कारण प्रभावित भएको प्रतियोगिता सञ्चालन गर्नका नेपाल तेक्वान्दोे संघको जेठ २१ र २२ गते भएको केन्द्रिय समितिको बैठकले असोज ५ गते देखि ९ गतेसम्म पोखरामा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

विश्व तेक्वान्दो संघद्वारा मान्यता प्राप्त गरेको जि टु खेल खलाइने भएकाले प्रतियोगितामा २५ भन्दा बढी देशका १ हजार ५ सयभन्दा बढी खेलाडी, रेफ्री, अफिसियल गरी करिब २ खेलाडी पोखरा आउने अनुमान आयोजकले गरेका छन् ।

Advertisement

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको छ भने त्यसको स्रोत व्यवस्थापन संघ, प्रदेश सरकार लगायत उद्योगी, व्यवसायीबाट प्रायोजनको खोजी कार्य भईरहेको संघका केन्द्रीय अध्यक्ष प्रकाशशम्सेर राणाले जानकारी दिएका छन् ।

प्रतियोगिता गर्नका लागि गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति र खेलकुदको क्षेत्रमा लागेका व्यक्तित्व रहेको ५१ सदस्यीय सल्लाहकार समिति गठन गरी तयारीलाई अघि बढाइएको मुल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

कोरियामा हेडक्वाटर रहेको तेक्वान्दो संघले प्रतियोगिता सञ्चालका लागि ६ महिनाको तयारी चाहिने भए पनि अब बाँकी रहेको ४ महिनाभित्र तयारी पूरा गरी सभ्य र भव्य तरिकाले प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखिएको संघका केन्द्रीय महासचिव दीपराज गुरुङले बताएका छन् । प्रतियोगितामा १८ वर्ष माथिका विभिन्न तौल समूहका खेलाडीको सहभागिता रहनेछ ।

तपाईको प्रतिक्रिया