सर्वसाधारणलाई सेयर दिँदै आदर्श लघुवित्त

समाधान संवाददाता २०७९ जेठ २४ गते १०:२९

काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता १ सय अंकित ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा ६२ हजार ६ सय १५ कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार ६७ हजार कित्ता सेयरमध्ये १ हजार ३५ कित्ता कम्पनीका कर्मचारी र निष्कासनको ५ प्रतिशतले हुने ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिने सेयरमा इच्छुक लगानीकर्ताले छिटोमा आगामी असार ६ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

Advertisement

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ् नेपालले ‘केयरनपी बी प्लस आईएस्’ ग्रेडिङ प्रदान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया