युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम

समाधान संवाददाता २०७९ जेठ २४ गते १६:०१

पोखरा । गण्डकी प्रदेशले युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने बताए । ‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ,’ गुरुङले भने, ‘वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।’

गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गरिने गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया