कालीका माविमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाधान संवाददाता २०७९ जेठ २५ गते १३:०५

पोखरा ।
पोखरा १० मा रहेको कालिका माविमा शैक्षिक गुणस्तर वृद्धि एवं विद्यार्थीको अनुशासन लगायत नेपाल सरकारले लागु गरेको नयाँ शैक्षिक ग्रेडिङ प्रणालीबारे अभिभावकलाई जानकारी दिन अन्तक्र्रिया आयोजना गरिएको छ ।

कक्षा १० मा अध्यनरत विद्यार्थी र अभिभावक अन्तक्र्रियामा सहभागी थिए । विद्यालयका प्रधानाध्यापक बलराम गिरीले स्कुलले विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक गुणस्तर उच्च राख्नका लागि कुनै पनि कसर बाँकी नराख्ने कुरा उल्लेख गरे । अभिभावक, विद्यार्थी र शिक्षकको मेहनत र प्रयासले मात्रै शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने उनले उल्लेख गरे ।

उनले अहिले विद्यार्थी एसइईमा पास हुनको लागि प्रत्येक विषयमा ३५ नम्बर ल्याउनुपर्ने र डि प्लस हटाएर अहिले डिमात्र ग्रेड राखिएको जानकारी दिए । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत नम्बर ल्याउनुपर्ने र लेखनमा ३५ प्रतिशत अनिवार्य हुने उनले बताए । सो नम्बर वा प्रतिशत नल्याए विद्यार्थीको माक्र्स सिटमा ग्रेड उल्लेख नगरी लब्धांक उपलब्ध गराउने तथा यस्ता विद्यार्थीले उच्च शिक्षासमेत अध्ययन गर्न नपाउने उनले प्रष्ट पारे ।

Advertisement

अभिभावक रेबिका केसी र रमेशराज रेग्मीले विद्यालयले निजी विद्यालयको जस्तै शैक्षिक गुणस्तर वृद्धि गरेको हुँदा निजी विद्यालयबाट विद्यार्थी यता आउने क्रम बढिरहेको बताए । कार्यक्रममा शिक्षक सूर्यमोहन ढकालले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया