महेन्द्र स्कुलमा वृक्षरोपण

समाधान संवाददाता २०७९ जेठ २६ गते ११:२३

पोखरा ।
महेन्द्र माध्यमिक विद्यायल पोखरा २० भलाममा विश्व वातावरण दिवसको अवसरमा खाली जमिनमा रुख रोपिएको छ । बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिको सक्रियतामा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा विरुवा रोपिएको हो ।

विद्यालय परिसरमा एभोकाडो, ओखर, धूपी, कपुर, निमका विरुवा र सुन्तला, केरा, अनार, आँपका विरुवा रोपिएको छ । फलफूल नर्सरी व्यवसाय संघ कास्की अध्यक्ष दिलबहादुर गुरुङ, कारितास नेपाल फिल्ड कार्यालयका कार्यलय प्रमुख शोभा आचार्य, फलफूल नर्सरी व्यवसाय संघ कास्की उपाध्यक्ष दयाकुमार द्वा, महेन्द्र माध्यामिक विद्यालयका कृषि प्रशिक्षक सन्तोष अधिकारी लगायतले वृक्षरोपणको महत्वमाथि प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया