बुद्ध विशाल बजारको फुटसल प्रतियोगिता

समाधान संवाददाता २०७९ जेठ २९ गते १३:०५

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले आफ्ना व्यवसायी बिच दसौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । पाँच टिम सहभागी रहेको फुटसल प्रतियोगितामा विशाल श्रेष्ठको टिम प्रथम हुँदै नगद पन्ध्र हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । सञ्जय बुढाथोकीको टिम द्वितीय हुँदै नगद दश हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडीको उपाधि रोशन नेप्कुलले प्राप्त गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का नव निर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले पोखराको महेन्द्रपुल, पालिखेचोकमा पार्किङको समस्या रहेकाले सहजीकरण गरिदिन पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई आग्रह गरे । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले व्यवसायी बिच आत्मीयता बढोस् भनेर वार्षिक रूपमा फुटसल प्रतियोगिता आयोजना गरिरहेको भए पनि गत दुई वर्ष कोभिडको कारण रोकिएको जानकारी खत्रीले दिए । आगामी दिनमा भने प्रतियोगिता निरन्तर हुने उनले बताए ।

कार्यक्रममा सर्वेश्वर ब्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी बगर कल्याणकारी व्यवसायी समितिका अध्यक्ष विष्णु वबास्तोला फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेल लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रम एसोसियसनका महासचिव बुद्धिबहादुर कुँवरले गरेका थिए । उपाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत र धन्यवाद ज्ञापन कोषाध्यक्ष तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया