गायिका इन्दिरा जोशी मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

समाधान संवाददाता २०७९ जेठ २९ गते १७:३९

काठमाडौं ।
गायिका इन्दिरा जोशीले आगामी मंगलबार प्रेमी फेसन डिजाइनर शरद् केडियासंग विवाह गर्ने भएकी छिन् । इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया