बागलुङ उद्योग वाणिज्य संघमा श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा

बागलुङ ।
बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्माणकुमार श्रेष्ठ ‘बासु’ र नरेश कँडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा राजनकुमार शाक्य र शशीकपुर श्रेष्ठले मंगलबार उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा हुने भएको हो ।
संघको नयाँ नेतृत्व चयनका लागि आउँदो शनिबार चुनाव हुँदैन । अध्यक्षको प्रतिस्पर्धामा रहेका कँडेल सङ्घको निवर्तमान महासचिव हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् । संघको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन् ।
मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अब अध्यक्षसहित दुई उद्योग सदस्यका लागि मात्र मतदान हुने निर्वाचन समितिले जनाएको छ । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् । संघको निर्वाचनमा एक हजार ४१० जना मतदाता छन् । उद्योगी, व्यवसायीहरुको छाता संघठनका रुपमा चिनिएको संघ विसं २०२० मा खुलेको थियो । बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया