जनताका योजना संकलन गर्दै पोखरा २६

समाधान संवाददाता २०७९ असार ३ गते १७:०५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ ले आगामी आर्थिक वर्ष २०७९/८० का लागि जनस्तरमा पुगेर विकास, निर्माणका योजना संकलन गरिरहेको छ ।

आगामी आर्थिक वर्षका लागि जनसरोकारका विषयमा सुझाव संकलन गरी सम्बन्धित ठाँउबाट नै योजना माग गर्ने उद्देश्यले पोखरा २६ को नवनिर्वाचित टिमले वडाका ६ ठाउँबाट योजना संकलन गर्ने अभियान बुधबार थालेको हो ।

वडाध्यक्ष नगेन्द्र थापाको संयोजकत्वमा भएको योजना संकलन अभियानमा भौतिक निर्माणका योजना बाटो, नाला र सामाजिक भवनका लागि माग भएको वडा सचिव मिना भण्डारीले जानकारी दिइन् । यसका अलवा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्र र महिलाका लागि आय आर्जनमा सहयोग पुग्ने खालका योजना माग भएका छन् ।

Advertisement

जनताका योजना संकलन गर्ने र त्यसका आधारमा कुन ठाउँमा केको आवश्यकता छ सोही अनुसार क्रमागत रुपमा विकास, निर्माणलाई अघि बढाइने वडाध्यक्ष थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया