पूँजीबजार सुधारकाे आन्दोलनमा सहभागि हुन पोखराका लगानीकर्ता काठमाण्डौं प्रस्थान

पोखरा ।
पूँजीबजार सुधारको आन्दोलनमा भौतिकरुपमा सहभागी हुन पोखराका लगानीकर्ताहरु आज राजधानी काठमाडौँ प्रस्थान गरेका छन् । पोखराका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर ५ दिन अघि देखि आवरण अनशनमा बसेका लगानीकर्ताको समर्थन एैक्यबद्धता जनाउन राजधानी गएका हुन् । तिलक कोइरालाको अगुवाइमा पूँजीबजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ ।
शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए ।
शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।







मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया