पूँजीबजार सुधारकाे आन्दोलनमा सहभागि हुन पोखराका लगानीकर्ता काठमाण्डौं प्रस्थान

समाधान संवाददाता २०७९ असार ५ गते ११:०१

पोखरा ।
पूँजीबजार सुधारको आन्दोलनमा भौतिकरुपमा सहभागी हुन पोखराका लगानीकर्ताहरु आज राजधानी काठमाडौँ प्रस्थान गरेका छन् । पोखराका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर ५ दिन अघि देखि आवरण अनशनमा बसेका लगानीकर्ताको समर्थन एैक्यबद्धता जनाउन राजधानी गएका हुन् । तिलक कोइरालाको अगुवाइमा पूँजीबजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ ।

शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए ।

शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया