अमरसिंह र भद्रकालीलाई क्रिकेट उपाधि

समाधान संवाददाता २०७९ असार ६ गते १२:१४

पोखरा ।
ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रतर्फ अमरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउन्डेसन युके र किडासा युकेको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको फाइनलमा छात्रतर्फ अमरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको अ्मरसिंहले पूरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । अमरसिंहका सुमन पन्तले २९ रन जोडे । भद्रकालीका बलर अशोक रेग्मीले ४ तथा मनोज कार्कीले ३ विकेट लिए । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अमरसिंहका सुदीप भट्टराईले ५ विकेट लिए ।

छात्रातर्फ भद्रकालीले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला ब्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त ग¥यो । भद्रकालीका श्रद्धा गुरुङले ६ विकेट लिइन् । प्रतियोगितामा छात्रतर्फ अमरसिंहका सुदीप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट ब्याट्स्म्यान भए । छात्रातर्फ अमरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ बेस्ट ब्याट्सउमन बनिन् ।

Advertisement

विजयी खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, किडासाका सिइओ जेनिस मिलर, आयोजक समिति अध्यक्ष बबिन कुँवर, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष वीरेन पुन लगायतले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया