टिभिएस अपाचेको नयाँ मोडल आउँदै

समाधान संवाददाता २०७९ असार १० गते १२:५३

पोखरा ।
जगदम्बा मोटर्सले टिभिएस अपाचे आटीआर १६० फोरभी तथा बीएर भीआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने भएको छ । नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोडलमा छन् ।

जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ । अत्याधुनिक सुविधासम्पन्न इन्जिनसहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको कम्पनीको दाबी छ ।

मोटरसाइकलमा स्मटर्ट कनेक्सन फिचर रहेकाले यसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।

Advertisement

जगदम्बा मोटर्सले नयाँ टिभीएस अपाचे आटीआर १६० फोरभी तथा बीएर भीआई ९ असारमा सार्वजनिक गर्ने जनाएको छ । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १ सय ३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको दाबी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया