एसओएस गण्डकीकाे स्वर्णजयन्ती

समाधान संवाददाता २०७९ असार १० गते १६:२२

पोखरा ।
एसओएस बालग्राम गण्डकीले आफ्नो संस्था स्थापना दिवसको स्वर्णजयन्ती समारोह सम्पन्न गरेको छ । बालग्रामको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच विभिन्न कार्यक्रमहरू आयोजना गरेर उक्त दिवस मनाइएको हो । एसओएस बालग्राम गण्डकीका निर्देशक भगतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा पोखरा उपत्यकास्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न स्थलगत चित्रकला प्रतियोगितामा पोखरा उपत्यकाका झन्डै पचास विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सोसल पब्लिक स्कुलका सौरभ लौगुण प्रथम, कास्की मोर्डनाइज्ड स्कुलका असीम धमाल द्वितीय, करुणानिधि एजुकेसन फाउन्डेसनका अडिसन सुवेदी तृतीय तथा शान्ति निकुञ्ज स्कुलका सुजन राईले सान्त्वना स्थान हासिल गरेका थिए ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष नवराज न्यौपानेको प्रमुख अतिथिमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा एसओएस गण्डकीका विशेष पौडेल प्रथम, गण्डकी बोर्डिङ स्कुलकी समता थापा द्वितीय, सैनिक आवासीय महाविद्यालयका सञ्जयचन्द्र थापा तृतीय तथा बालप्रभात माविका अपि कुँवरले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा पोखरा उपत्यकाका ४६ विद्यालयको सहभागिता रहेको थियो ।

Advertisement

दुवै प्रतियोगिताका विजयी प्रतियाोगीहरूलाई संस्थाका निर्देशक भगतकुमार श्रेष्ठ, युवालय गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालयका निमित्त प्राचार्य चूडामणि सुवेदी, प्रमुख अतिथिद्वय विश्वरत्न शाक्य र नवराज न्यौपाने, विद्यालयका सहप्रधानाध्यापक किरण सापकोटा तथा एसओएस हरमन माइनर शिक्षक–कर्मचारी कल्याणकारी युनियनका अध्यक्ष टीकाराम सुवेदीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा एसओएस बालग्रामबाट अवकाशप्राप्त आमा शारदा पराजुलीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बालग्राममा बसोबास गर्ने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । संस्था स्थापना दिवसका उपलक्ष्यमा शुक्रवार बिहान एसओएस बालग्राम गण्डकीको प्राङ्गणमा रक्तदान कार्यक्रमको पनि आयोजना गरियो । कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए ।

Advertisement

स्वर्णजयन्ती समारोहमा एसओएस सामाजिक केन्द्र गण्डकीका संयोजक राजेन्द्र रेग्मी, बालग्राम गण्डकीकी उपनिर्देशक भवानी बस्नेत, युवालय गण्डकीका उपनिर्देशक बाबुराम बराल, बालग्राम गण्डकीकी आमा प्रतिनिधि सीता केसी, युथ क्लबका अध्यक्ष सुरेश भुजेल, माछापुच्छ्रे बाल क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा मन्तव्य राख्दै संस्थाको सामाजिक र शैक्षिक दायित्वअन्तर्गत विभिन्न प्रतियोगिताको आयोजना गरेर आफूहरूले संस्थाको स्थापना दिवस मनाउँदै आइरहेको एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले बताए ।

अभिभावकविहीन अनाथ र असहाय बालबालिकाहरूलाई संरक्षण दिँदै उनीहरूको शिक्षादीक्षाको यथोचित प्रबन्ध गर्ने उद्देश्यले सन् १९८२ मा एसओएस नेपालको स्थापना भएको हो । आइरहेको विद्यालयले विभिन्न रचनात्मक रचनात्मक कार्यक्रमहरूको आयोजना गरी वर्षेनि संस्थाको स्थापना दिवस मनाउँदै आइरहेको छ । हाल एसओएस बालग्राम गण्डकीको संरक्षणमा झन्डै डेढ सय बालबालिकाहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया