मेयर र प्रशासकीय प्रमुखले माफी मागेपछि पा‍ेखराकाे नगर सभा सुरु, राताे किताब नबाँडिने

समाधान संवाददाता २०७९ असार १० गते १९:०६

पा‍ेखरा ।

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले राताे किताब छाप्नु गल्ती हाे भन्दै माफी मागेपछि नगर सभा सुरु भएकाे छ ।

नगर सभामा महानगरका उपप्रमुखले बजेट प्रस्तुत नगर्दै राताे किताब बाँडिएपछि एमालेका नगर सभा सदस्यहरुले सभा बहिस्कार गरेका थिए ।

Advertisement

लगत्तै बसेकाे सर्बपक्षीय बैठकमा राताे किताब छाप्नु गल्ती भएकाे भन्दै नगर प्रमुख र प्रमुख प्रशासकीय प्रमुखले माफी मागेकाे एमाले नेतृ राधिका याेगीले बताइन् । कानुनले आजै बजेट प्रस्तुत गर्न भनेकाले पनि दलहरुबीच राताे किताब पछि छाप्ने गरी सहमति भएकाे बताइएकाे छ ।

अहिले उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दैछिन् ।

Advertisement

तपाईको प्रतिक्रिया