हिमाल कलेजमा विद्यार्थीलाई व्यवसायिक तालिम

समाधान संवाददाता २०७९ असार १३ गते ११:४७

पोखरा ।
हिमाल कलेज अफ म्यानेजमेन्टले विद्यार्थीहरुलाई व्यवसायिक तालिम सुरु गरेको छ । ३ दिने व्यवसायिक तालिममा विद्यार्थीलाई व्यवसायिक तथा व्यवहारिक क्षमता अभिवृद्धिबारे तालिम दिइने छ ।

असार १३ देखि १५ गतेसम्म चल्ने तालिममा कक्षा ११ को परीक्षा दिएर बसेका विद्यार्थीलाई क्षमता अभिवृद्धिका लागि तालिम दिइने क्याम्पस प्रमुख हरि कार्कीले बताए । ‘विद्यार्थीलाई सैद्धान्तिक मात्रै होइन व्यवहारिक ज्ञान पनि दिनुपर्छ भनेर हिमाल कलेजले तालिम दिन लागेको हो,’ उनले भने, ‘विद्यार्थीहरुको एकदमै उत्साहपूर्ण सहभागीता छ ।’

हिमाल कलेजले बिबिएसको पहिलो र दोस्रो वर्ष लगातार गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याएर गुणात्मक हिसाबले पनि महत्वपूर्ण शैक्षिक उपल्ब्धी प्राप्त गरिसकेको छ । पोखराको बगालेटोलमा अवस्थित यस कलेजबाट ४ सय बढी विद्यार्थी उत्कृष्ट नतिजासहित उतिर्ण भई सकेका छन् ।

Advertisement

तालिम ३ दिनसम्म दैनिक ३ घण्टासम्म चल्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया