प्रतिभा माविमा नेतृत्व तालिम

समाधान संवाददाता २०७९ असार १३ गते १३:४४

पोखरा ।
पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शनिबार विद्यार्थी केन्द्रित नेतृत्वसीप तालिम आयोनना गरेको छ । सहजकर्ता उपेन्द्र अधिकारीले विद्यार्थीलाई विभिन्न खेलको माध्यमबाट नेतृत्वबारे ज्ञान दिए ।

विद्यालयका निर्देशक किरण अधिकारीले नेतृत्वमा बस्ने सबै विद्यार्थीकोे वानी, व्यवहार तथा कक्षामा पनि अव्बल हुनुपर्ने बताए । यस तालिमबाट सिकेका कुरा पन्ध्र दिनभित्रमा परिवर्तन आउनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य प्रदीप खनाल, अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी, सहप्राचार्य बुद्धिमोहन पौडेल र नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया