वामदेवकाे पार्टीमा कास्कीबाट शून्य प्रतिनिधित्व

समाधान संवाददाता २०७९ असार १४ गते १३:२८

पाेखरा ।

नेकपा एमालेका पूर्व नेता वामदेव गाैतमले वाम एकताकाे नाममा छुट्टै पार्टी दर्ता गर्ने भएका छन् । नेकपा विभाजनपछि एमाले र माओवादी मध्ये कतै पनि नलागी बसेका गाैतमले नेकपा एकता राष्ट्रिय अभियान चलाउने भन्दै टिम बनाएका थिए ।

त्यही अभियानलाई पार्टीमा परिणत गर्दै गाैतमकाे अध्यक्षतामा नेकपा (एकता राष्ट्रिय अभियान) पार्टी गठन हुने भएकाे छ । याे पार्टीकाे घाेषणा गर्न आजै ३ बजे पत्रकार सम्मेलनेका आयाेजना गरिएकाे छ ।

Advertisement

गाैतमले आजै ५९ सदस्यीय केन्द्रीय समिति घाेषणा गर्दैछन् । तर त्याे केन्द्रीय समितमा कास्कीबाट काेही पनि परेका छैनन् । गाैतमकाे केन्द्रीय समितिमा गण्डकी प्रदेशबाटै झिनाे उपस्थिति छ । गण्डकी वामपन्थीकाे उर्वरभूमी मानिन्छ ।

गाैतमले घाेषणा गर्ने समितमा तनहुँका धनञ्जय खनाल, नवलपुरका दुर्गा भण्डारी र लमजुङका रामबहादुर भण्डारी मात्र रहेकाे बताइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया