जटाशंकरलाई महालक्ष्मीको साथ

समाधान संवाददाता २०७९ असार १५ गते १२:५४

पोखरा ।
महालक्ष्मी विकास बैंकले पोखरा २६ सिलिंगेको जटाशंकर धार्मिक विकास समितिलाई बेन्च प्रदान गरेको छ । बैंकको विजयपुर शाखाको अगुवाइमा समितिलाई ३ थान फलामका बेन्च प्रदान गरिएको हो ।

पोखरा रिजन ब्रान्च कोअर्डिनेटर गणेशप्रसाद आचार्य र विजयपुर शाखाका शाखा प्रवन्धक सूर्यबहादुर थापाले संयुक्त रुपमा समितिका अध्यक्ष रामप्रसाद सिग्देललाई बेन्च हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समितिका सचिव विकास रानाभाट हरिप्रसाद अधिकारी, वडा नं २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, जनप्रतिनिधि तीर्थ राजभाट, पण्डित रामप्रसाद सिग्देल लगायतले बोलेका थिए । महालक्ष्मीले १ सय ३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया