वार्षिक पुण्यतिथिमा वृद्धाश्रममा खाद्यान्न सहयोग

समाधान संवाददाता २०७९ असार १८ गते १२:०६

पोखरा ।
समाजसेवी रामकृष्ण रानाको वार्षिक पुण्यतिथिमा उनको परिवारले पोखरा वृद्धाश्रममा खाद्यान्नसहित दैनिक उपभोग्य सामान सहयोग गरेको छ । बिहीबार पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरिएको हो ।

पोखरा १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुुगी रानाकी श्रीमती पूर्णकुमारी राना, छोरी देउकुमारी थापा, छोराहरू डम्मरबहादुर राना, तुलबहादुर राना, देवबहादुर राना, नातिनी मेनुका थापाले खाद्यान्न र फलफूल सहयोग गरेका हुन् । उनीहरुले वृद्धाश्रमका सञ्चालक कुुसुमकेशव पराजुलीलाई खाद्यान्न, फलफूल तथा अन्य दैनिक उपभोग्य सामान हस्तान्तरण गरे ।

वृद्धाश्रममा रहेका ४८ ज्येष्ठ नागरिकका लागि चामल, दाल, नून, तेल, चिनी, अण्डा, जुस, बिस्कुट, चिउरा, मस्यौरालगायतका खाद्यान्न एवं आँपलगायतका फलफूल प्रदान गरिएको छ ।

Advertisement

वृद्धाश्रमका अध्यक्ष पराजुलीले मनकारीको सहयोगले नै वृद्धाश्रम व्यवस्थापनमा सहज भएको बताए । सन्तान भएर पनि वृद्ध बाबुआमाले बेसहारा बन्नुपर्ने अवस्था दुःखद् भएको भन्दै उनले वृद्धाश्रमले ज्येष्ठ नागरिकका लागि व्यवस्थित रुपमा जीवनयापनको वातावरण निर्माण गरेको उल्लेख गरे ।

देउकुमारी थापाले आफ्नो बुबाको प्रथम वार्षिक पुण्यतिथिमासहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । माछापुच्छ्रे गाउँपालिका ३ घलेखर्कका रामकृष्णको ९१ वर्षको उमेरमा गत वर्ष असार १६ गते निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया