लेखनाथ उद्योग बाणिज्य संघमा दौड प्रतियोगीता

समाधान संवाददाता २०७९ असार १९ गते ११:१४

लेखनाथ ।
रजत वर्षको अवसरमा लेखनाथ उद्योग बाणिज्य संघले शनिबार सदस्यबीच दौड प्रतियोगिता आयोजना गर्‍यो । दौड प्रतियोगितामा महिलातर्फ माछापुच्छ्रे गार्मेन्टका सञ्चालक चोलीमाया थापा र पुरुषतर्फ स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक राहुल थापा प्रथम भए ।

विभिन्न व्यवसायिक प्रतिष्ठानका ९१ जना प्रतियोगिता सहभागी थिए । महिला व्यवसायीतर्फ सुष्मा सापकोटा द्वितीय, छायाँ बसौला तृतीय, सरस्वती बराल, ईन्दु जिसी र एलिसा बराल क्रमशः चौथो, पाँचौं र छैटौ बने । पुरुषतर्फ महेन्द्र नेपाली द्वितीय, मदनकुमार थापा तृतीय, खिमनाथ शर्मा, अपील सुबेदी र प्रकाश भुर्तेल क्रमश चौथो, पाँचौ र छैटौ भए । पूर्व अध्यक्षतर्फ सुमन भट्टराई पहिलो बने ।

लेउवा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाकोे अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकमा हरुमा सिद्धान्त अधिकारी, मनिषा अधिकारी, गोपबहादुर अधिकारी, हरि वरुवाल र गजबहादुर गुरुङ थिए । कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) र अध्यक्ष छत्रधर आत्रेयले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया