पोखरा ५ मा अपांगता सञ्जाल

समाधान संवाददाता २०७९ असार १९ गते ११:२२

पोखरा ।
पोखरा महानगरपालिकाभित्र रहेका अपांगता भएकाहरुको क्षमता विकास गर्ने उद्देश्यले सबै वडामा वाड सञ्जाल गठन हुँदै आएको छ । अपांगता महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा पोखरा ५ मा विष्णु भट्टराईको अध्यक्षतामा अपांगता सञ्जाल गठन भएको छ ।

९ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश सुरेश गोले, शर्मिला न्यौपाने, मनराज गुरुङ र विष्णुकुमारी आचार्य छन् । सदस्यमा चन्द्रावती कोइराला, शान्ता तिवारी र विष्णुकुमारी पौडेल छन् । वाडभित्र रहेका सबै प्रकारका अपांगता भएकाहरुको प्रतिनिधित्व हुने गरी सञ्जाल बनाइएको छ ।

कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद बरालले अपांगता भएकालाई सशक्तीकरण गर्दे अवसर र विकासमा सहभागी गराउन सहकार्य गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा महानगर कार्यपालिका सदस्य हरिमाया विक, वडा सदस्य कल्पना क्षेत्री, रमेश सुवेदी र साहारा स्कुलका प्रधानाध्यापक लोचना अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया