मुद्रण उद्योग महासंघ गण्डकीमा वसन्त

समाधान संवाददाता २०७९ असार २० गते १२:३१

पोखरा ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चुनिएको छ । पोखरामा शनिबार भएको महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले वसन्त बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको प्रथम उपाध्यक्ष सुदर्शन रेग्मी, द्वितीय उपाध्यक्ष भीम रसाइली, महासचिव मनोहर दाहाल, सचिव भीम शर्मा, कोषाध्यक्ष कोपिला श्रेष्ठ र सहकोषाध्यक्षमा सूर्य पौडेल छन् । सदस्यमा पुनम गुरुङ, घनश्याम गौतम, माधव तिवारी, गोविन्द सिग्देल, सन्दीप खत्री र गीता खनाल छन् ।

महासंघ गण्डकी अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी, वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, प्रदेशका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अर्याल, महासचिव वसन्त बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया