सानिमाका ग्राहकलाई केबलकारमा छुट

समाधान संवाददाता २०७९ असार २२ गते १२:२३

पोखरा ।
सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा यात्रा गर्दा छुट पाउने भएको छ । सानिम र केबलकारबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमाको मोबाइल बैकिङबाट क्युआर कोड स्क्यान वा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेका १० प्रतिशत छुट पाउने छन् ।

समझदारी पत्रमा सानिमाको तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्णको तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सानिमाका देशका सातै प्रदेशमा १ सय २७ कार्यालय र १ सय २० एटिएम छन् ।

Advertisement

तपाईको प्रतिक्रिया