भारतमा खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैँया बढ्यो

समाधान संवाददाता २०७९ असार २२ गते १२:३३

नयाँ दिल्ली ।
भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यास प्रति सिलिन्डर ५० भारुले बढेको हो । बढेको मूल्य आजैदेखि लागू हुनेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया