कृषकलाई कृषि सामाग्री बितरण

समाधान संवाददाता २०७९ असार २२ गते १७:५३

लेखनाथ ।
पोखरा २६ बुढिबजारमा रहेको सिलिङ्गे कृषि उत्पादक सहकारी सस्थाले आफना सेयर सदस्यको आय आर्जनमा बृद्धि हुने गरि विभिन्न किसिमका कृर्षी समाग्रीहरु वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र को पहल र सस्थाको आर्थीक लगानीमा १०वटा हाते टेक्टर,१५ थान डिजटल तराजु,कम्पोष्ट विन,मल्चीङ पलष्टीक,भकारो सुधार,पोलिथिन पाईप र हजारी लगातका विभिन्न कृषि सामाग्रीहरु एक सय २० जनालाई बितरण गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन,उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री मणिभद्र कंडेलले कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित आय आर्जनमा जोडिने कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख शालिकग्राम गौतमले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भनका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जल्धारे सहकारिका अध्यक्ष श्रीकान्त ढुङ्गाना, पोखरा महानगपालिका वडा नं २६ का जनप्रतिनिधी सुदिपराज ढुङ्गाना, सहकारिका सल्लाहकार मुरारी शर्मा , सल्लाकार देबेन्द्र रानाभाट, कृषि सामाग्री बितरण संयोजक सूर्य प्रकाश बन्जरा लगाएतले कार्यक्रमको उदेस्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।

Advertisement

सहकारीका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरीप्रसाद अधिकारी र स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया