भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

समाधान संवाददाता २०७९ साउन ६ गते १०:४५

भारत ।
भारतको १५ औं राष्ट्रपतिमा आदिवासी समुदायबाट द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले पूर्व राज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको हो ।

उनी कांग्रेस सहितको विपक्षी गठबन्धनले राष्ट्रपतिमा तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई अघि सारेको थियो । मुमूलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मत मूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७ सय ७७ मत मूल्य पाइन् ।

भारतको संवैधानिक प्रावधान अनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।

Advertisement

मुर्मूको उम्मेदवारीले विपक्षी दलमा एकजुट्ता कायम रहन सकेन । विपक्षी गठबन्धनमा रहेका कतिपय दलले मुर्मूलाई खुलेर साथ दिए भने धेरै क्रस भोट पनि गरे । विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमुल कांग्रेसलाई पनि मुर्मूको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो । आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयं तृणमुल कांग्रेसका अध्यक्ष ममता बनजीलाई समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बंगालमा चुनावी प्रचारका लागि आउनैमा रोक लगाइन् ।

राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्य मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्य न्यायाधीशबाट उनले शपथ लिने छिन् । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया