उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसहमत

समाधान संवाददाता २०७९ साउन ८ गते १९:११

पाेखरा ।

कास्की जिल्ला उसु संघको पुनर्गठन भएको छ । आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका वीच संघको पुनर्गठन गरिएको हो । विक्रम लामाको अध्यक्षतामा १७ जनाको कार्यसमिति सर्वसहमत रुपमा चयन भएको छ ।

जसको उपाध्यक्षमा विरेन्द्र घहतराज, सचिवमा दिलीप लामा, सह–सचिवमा सरीता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–कोषध्यक्षमा जोनी तामाङ चयन हुनु भएको छ । वरिष्ठ सदस्यमा टेक बहादुर तामाङ रहनुभएको छ भने, सदस्यहरुमा वुद्धी बहादुर सुनार, विश्वबन्धु थापा ‘क्षेत्री’, अनिल परियार ध्रुव नेपाली, दीपक थापा मगर, प्रदीप गुरुङ लगायत चुनिनुभएको छ । यसैगरी सल्लाहकारमा राजेन्द्र भुजेल, हरी शंकर श्रेष्ठ लगायत रहनुभएको छ ।

Advertisement

उक्त अवसरमा बोल्नुहुँदै अध्यक्ष लामाले खेलका लागि उत्कृष्ट मेडल ल्याउनमा पहल गरिइने बताउनुभयो । त्यसै गरी हलको व्यवस्था, उसु खेलमा आवश्यक सामग्री जुटाउने, साथै खेलादी संख्या वढाउने लगायतका योजना रहेको समेत अध्यक्ष लामाले सुनाउनुभयो । यस भन्दा अघिको संघ विभिन्न कारणले गर्दा निस्क्रिय रहेकाले संघलाई आउँदा दिनमा सक्रियका लागि पुर्नगठन गरिएको पूव उपाध्यक्ष समेत रहनुभएका गहतराजले जानकारी दिनुभयो । मिलेको टिम चयन भएको र अध्यक्षको उद्देश्य र योजना अनुशार साथ र सपोर्टका साथ अघि वढ्नका लागि प्रयास गरिने उहाँले बताउनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया